Wednesday, July 26, 2017  |    

अफगान बलको कारबाहीमा २० आतङ्ककारी मारिए

प्रकाशित मिति: 2016/08/20

कुन्दुज (अफगानिस्तान), भदौ ४। अफगानिस्तानमो कुन्दुज प्रान्तको खान अबाद जिल्लामा अफगान सुरक्षाबलले जारी राखेको कारबाहीमा २० तालिवान आतङ्ककारी मारिएका छन् ।

अफगानिस्तानको राजधानी काबुलबाट २५० किलोमिटर टाढा रहेको यो प्रान्त कुन्दुज र तखार प्रान्तजोडिने सडक पुनः खुल्ला गर्नका लागि प्रहरीको प्रयास जारी रहेको थियो।

प्रान्तीय प्रहरी प्रवक्ता हिज्रातुल्लाह अक्बरीले शुक्रबार सो जानकारी दिएका छन्।

खान अबाद जिल्लामा बिहीबारदेखि जारी यस कारबाहीमा २० तालिवान विद्रोही मारिनुको साथै अन्य १० घाइते भएका अक्बरीले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।

तालिवान आतङ्ककारीहरूले बुधबारबाट नै अचानक खानबादमा आक्रमण गरेका र कुन्दुज र छिमेकमा पर्ने तखार प्रान्तको राजमार्ग बन्द गरेका थिए ।

अक्बरीका अनुसार सो राजमार्ग खुलाउनका लागि प्रहरीले कारबाही जारी राखेका छन् । गत दुई महिनायता अफगान सरकारीबलसँग तीब्र रूपमा युद्ध गर्दै आएका तालिवान कुन्दुज, तखार, बघलान प्रान्तका तालिवान आतङ्ककारीहरूले कुनै टिप्पणी गरेका छैन । राससरसिन्ह्वा

तपाईंको बिचार