Friday, April 28, 2017  |    

सिरियाको एलेप्पो शहर पुनः सरकारी नियन्त्रणमा

प्रकाशित मिति: 2016/09/05

भाद्र २०, सिरिया । सिरियाको एलेप्पो शहर पुनः सरकारी सेनाले नियन्त्रणमा लिएको छ । सेनाको नियन्त्रणबाट पछिल्लो महिना सो शहर बिद्रोहीले आफ्नो कब्जामा लिएका थिए ।
एलेप्पोका सबै क्षेत्रमा सेनाले आफ्नो नियन्त्रणमा राखेको स्थानीय अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । यद्यपी दक्षिणी क्षेत्रमा भने बिद्रोहीले बिद्युत पानी लगायत अत्याबश्यक बस्तुको आपुर्ति काटिदिएका छन् । सरकारी सेनालाई रुसी तथा अमेरिकी हवाई सेनाले समेत साथ दिएपछि बिद्रोही पछि हटेका थिए । एलेप्पो शहरमा २ लाख ५० हजार भन्दा बढी मानिसको बसोबास छ ।   

 

तपाईंको बिचार