Friday, April 28, 2017  |    

विद्रोहीलाई समाप्त गर्न गोर्खा सैनिक लैजाने फिलिपिन्सका राष्ट्रपति डुर्टेतेको योजना

प्रकाशित मिति: 2016/09/05

भदौ २०, काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुर्टेतेले विद्रोही समुह अबु सयाफलाई समाप्त पार्ने योजना सार्वजनिक गरेका छन । यसका लागि गोर्खा सैनिकको सहयोग लिन पनि तयार रहेको बताएका छन् ।
देशको इतिहासमा सबैभन्दा पाको राष्ट्रपति (७१ बर्ष) बनेका उनलाई अहिले ‘द पनिसर’ अर्थात ‘सजाय दिने व्यक्ति’ भनेर समेत चिनिन्छ । उनले लागूऔषध तस्करमाथि कडा रबैया अपनाएका छन ।
राष्ट्रपति भएलगतै उनले लागूऔषध तस्करविरुद्ध युद्ध नै छेडे । संसदलाई सम्बोधन गर्दै उनले प्रहरीलाई लागूऔषध प्रयोगकर्ताविरुद्धको कारबाहीलाई दोब्बर बनाउन निर्देशन दिए ।
जसको असर सडकमा देखियो । लागूऔषध प्रयोगकर्ताको नाममा एक महिनामा झण्डै ३ सय मानिस मारिए ।
अब उनले विद्रोही समूह अबु सायाफलाई समाप्त पार्ने बताएका छन् । मन्त्रिपरिषदको सुरक्षा क्लस्टरका सदस्यहरुलाई भेटेर गोर्खा सैनिक लैजानेबारे छलफल गरेको मनिला बुलेटिनले कृषि सचिवलाई उद्धृत गर्दै लेखेको छ ।
समाचारमा जनाइएअनुसार राष्ट्रपति डुर्टेतेले अबु सायाफसँग लड्न गोर्खाहरुले सहयोग गर्छन् भने आफुले त्यसो गर्न तयार रहेको बताएको समाचारमा जनाईएको छ ।

 

तपाईंको बिचार