Wednesday, August 23, 2017

कार्तिक १७ गते भारतीय राष्ट्रपति नेपाल आउने

प्रकाशित मिति: 2016/10/03

आश्विन १७, काठमाण्डौ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले अगामी कार्तिकमा नेपाल भ्रमण गर्ने भएका छन ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा मुखर्जीले कार्तिक १७ देखि १९ सम्म नेपालको तिनदिने भ्रमण गर्ने तय भएको हो ।
लामो समयदेखि थाँती रहेको मुखर्जीको भ्रमणको मिति तय भएलगातै दिल्लीस्थित नेपाली दूतावास र काठमाडौंमा परराष्ट्र मन्त्राय तयारीमा जुटेको उच्च स्रोतले जानकारी दिएको छ । यसअघि नेपालकी राष्ट्रपति भण्डारीले भारत भ्रमण गर्ने र त्यसपछि भारतीय राष्ट्रपति मुखर्जीले भ्रमण गर्ने तय भएपनि भण्डारीको भ्रमण एक्कासी स्थगित भएपछि मुखर्जीको भ्रमण पनि अनिश्चित बनेको थियो ।

यसैबीच सत्ता परिवर्तन भएर बनेका नयाँ प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण गरेपछि भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणको वातावरण बनेको हो ।


 

 

तपाईंको बिचार