Thursday, October 19, 2017

भारतीय रक्षा विशेषज्ञ नै भन्छन– सर्जिकल स्ट्राईक भएकै छैन

प्रकाशित मिति: 2016/10/06

असोज २०, काठमाडौं । केहि दिनअघि भारतीय मिडियाले ठूलो प्राथमिकताका साथ भारतले पाकिस्तानी भूमिमा छिरेर गरेको सर्जिकल स्ट्राइकको दावी पाकिस्तानले त्यतिबेलै खण्डन गरेको थियो ।

तर भारतकै एक रक्षा बिशेषज्ञले, दावी गरिएअनुसारसर्जिकल स्ट्राइक नभएको बताएपछि भारतीय मिडियाको प्रोपोगाण्डा छताछुल्ल भएको छ ।
भारतीय रक्षा बिशेषज्ञ अफसर करिमले भनेका छन् कि ‘त्यसलाई सर्जिकल स्ट्राइक भन्नु गलत हुनेछ । किनकी सर्जिकल स्ट्राइक परमाणु हतियारसँग जोडिएको हुन्छ । र भारतीय सेनाले पाकिस्तानबिरुद्ध जे गरेको हो त्यो क्रस बोर्डर एक्सन हो ।’
यस्तो एक्सन यसअघिपनि दुवै देशका सेनाले गर्ने गरेको बताउँदै उनले यसमा कुनै नौलो कुरा नभएको बताए ।

सेनाले यस्तो सानोतिनो आक्रमण दैनिक गरिरहेको हुन्छ । तर सरकारी अनुमतिपछि गरिएको कारबाही अलि गम्भीर हुन्छ । यसपटक भएको यही हो ।  

 

 

तपाईंको बिचार