Thursday, June 29, 2017  |    

पोर्चुगलका पूर्वप्रधानमन्त्री गुटरेस राष्ट्रसंघका नयाँ महासचिव बन्ने

प्रकाशित मिति: 2016/10/06

असोज २०, काठमाडौं । पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टेनियो गुटेरेश संयुक्त राष्ट्रसंघका नयाँ महासचिव बन्ने भएका छन् ।

बुधबार संयुक्त राष्ट्रसंघका लागि रुसका राजदूत चुरकिन वितालीले ६६ बर्षिय एन्टोनि गुटेरेशलाई लोकप्रिय व्यक्ति  घोषणा गरेका थिए ।
बिहीबार संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा उमेद्वारको नाम पुष्टिको औपचारिक मतदान हुने कार्यक्रम छ ।
एन्टेनियो गुटेरेशले संयुक्त राष्ट्रसंघको शरणार्थी संस्थामा १० वर्ष नेतृत्व गरिसकेका छन् । उनले आगामी वर्ष बानकी मूनको स्थान लिने छन् ।
सुरक्षा परिषदका १५ सदस्यले बुधबार १० उमेदवारका लागि गोप्य मतदान गरेका थिए र, कसैले पनि गुटेरेशको बिरोध गरेनन् ।

गुटेरेशले यूरोपीय संघ बजेट कमिश्नर बुगुरियाई क्रिस्टलीना जार्जिवा सहित नौ अन्य प्रत्यासिलाई पछि पारेका हुन् ।

यससँगै संयुक्त राष्ट्रसंघको पहिलोपटक महिला महासचिव चयन हुने संभावना पनि टरेको छ ।

तपाईंको बिचार