Sunday, April 30, 2017  |    

हाइटीमा म्याथ्यू आँधीले विनाश, २८३ को मृत्यु

प्रकाशित मिति: 2016/10/07

असोज २१, काठमाडौं । म्याथू नामक आँधीका कारण हाइटीमा मृत्यु हुनेको संख्या २ सय ८३ पुगेको सरकारी अधिकारीहरुले बताएका छन् ।

हाइटी र क्यूबापछि आँधी अमेरिकाको फ्लोरिडातर्फ अघि बढेको छ । विनाशकारी आँधीका कारण हाइटीको सबैभन्दा महत्वपूर्ण शहर जेरेमी पूर्ण रुपमा ध्वस्त भएको छ । त्यहाँ ८० प्रतिशत घर ढलेको छ ।
दक्षिणी शहर सूदमा ३० हजार घर तहसनहस भएको छ । आँधीले विनाश मच्चाएपछि हाइटीमा राष्ट्रति चुनाव स्थगित भएको छ ।
क्यारिबियन देशमा पछिल्लो दशकमा आएको आँधीमा म्याथ्यू सबैभन्दा शक्तिशाली भएको मानिएको छ ।

हाइटीमा विनाश मच्चाएपछि यो आँधी अमेरिकाको फ्लोरिडामा पुगेको छ । त्यहाँ १२५ किलोमिटर प्रतिघन्टाको गतिमा हावा चलेको थियो । यो पछिल्लो १२ वर्षकै शक्तिशाली आँधी भएको बताइएको छ ।  
आँधी आउने सक्ने भन्दै फ्लोरिडा राज्यका २० लाख भन्दा बढी मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको थियो । अमेरिकाको चार राज्यमा संकटकाल घोषणा गरी उद्धार टोली समेत तयारी अवस्थामा राखिएको थियो ।

 

तपाईंको बिचार