Thursday, June 29, 2017  |    

भारत–पाकिस्तान तानब तिब्र बन्दै, २ भारतीय सैनिकको मृत्यु

प्रकाशित मिति: 2016/10/28

कार्तिक ११ काठमाडौं । भारत–पाकिस्तान सीमामा विहिवार साँझदेखि तनाव बढेको छ । दुवै तर्फबाट एक अर्कालाई दोषी देखाउँदै फायरिङ भएको छ । भारतीय मिडियाले पाकिस्तानी रेन्जरको तुलनामा भारतीय सीमा सुरक्षा बलले १० गुणा ज्यादा फायरिङ गरेको दावी गरेका छन् । भारतीय गृहमन्त्री राजनाथ सिंहले सीमा सुरक्षा बललाई जोडदार जवाफ दिन निर्देशन दिएका छन् ।

भारतीय मिडियाले यस्तो फायरिङमा पाकिस्तानी रेन्जरको तर्फबाट धेरै क्षति भएको दावी गरेका छन् । दुवै तर्फका सीमा रहेका केही टावरहरु नष्ट भएको पनि मिडिया रिपोर्टमा उल्लेख छ ।
पाकिस्तान प्रशासित कश्मीरका केही गाँउमा आगो लागेको बताइएको छ । भारतीय मिडियाले पाकिस्तानतर्फ २ जना मारिएको र ११ घाइते भएको दावी गरेका छन् ।

भारतीय सीमामा रहेका चौकीमाथि भएको हमलामा केही भारतीय जवान पनि घाइते भएको बताइएको छ ।
पाकिस्तानले सर्जिक स्ट्राइकको बदला लिन चाहेका र यसै अनुसार सीमा क्षेत्रमा फायरिङ गरेको भारतीय मिडियाको दावी छ ।

पाकिस्तानी सीमा नजिकका गाँउमा केही एम्वुलेन्स दौडिएको पनि दावी गरिएको छ ।
पछिल्लो २४ घण्टामा भारतीय सेनाका दुई जवानको ज्यान गएको छ । उनीहरुले चरमपन्थी समूहको घुसपैठ रोक्ने क्रममा ज्यान गुमाएको बताइएको छ ।
सीमार सुरक्षा बलले एक पाकिस्तानी रेन्जरको मारेको पनि बताइएका छ ।

भारतले सर्जिकल स्ट्राइक गरेको मिति यता अहिलेसम्म दुई देशको सीममा ५६ पटक गोली हाना हान भएको बताइएको छ । पाँच दिनमा ३० भन्दा बढी सर्वसाधरण घायग भएका छन् । सीमा क्षेत्रबाट केही गाँउका मानिसहरु घर छाडेर हिडेका छन् । –एजेन्सि

 

तपाईंको बिचार