Wednesday, August 23, 2017

अदालतको फैसलाअनुसार साउदी राजकुमारलाई कोर्राको सजाय

प्रकाशित मिति: 2016/11/03

साउदी अरबका एक राजकुमारलाई कोर्रा हानी सजाय दिइएको छ। साउदी अरेबियाको सत्तासीन अल साउद परिवारका एक राजकुमारलाई जेलभित्रै कोर्रा दिइएको हो। अदालतको फैसलाअनुसार उनलाई सो सजाय दिइएको जनाएको छ। यसअघि हत्या अभियोगमा अर्का राजकुमारलाई मृत्युदण्ड दिइएको थियो।

राजकुमारलाई लागेको अभियोगबारे विस्तृत रुपमा खुलासा भने भएको छैन। तर, ती राजकुमारलाई यसअघि नै कैद सजायको फैसला गरिएको जनाईएको छ ।


कोर्रा हान्नुअघि उनको शारीरिक र मानसिक परीक्षणसमेत गरिएको जनाईएको छ। यस विषयमा साउदी सरकारका न्यायमन्त्रीले भने टिप्पणी गर्न अस्वीकार गरेको उल्लेख गरिएको छ । –एजेन्सि

तपाईंको बिचार