Wednesday, August 23, 2017

भारु नोटवारे राष्ट्र वैंकको यस्तो निर्णय

प्रकाशित मिति: 2016/11/09

कार्तिक २४, काठमाडौं । आकस्मिक रुपमा भारतीय सरकारले ५०० र १००० का नोट प्रतिवन्ध लगायो । निश्चित समय तोकेर सटही गर्ने व्यवस्था पनि गरेको छ । भारत सरकारको निर्णयपछि आज विहान राष्ट्र वैंकका अध्यक्षको नेतृत्वमा व्यवस्थापनको बैठक बसेको छ ।  तत्काल गर्नुपर्ने केही कुरा निर्णय भएको छ ।

पहिलो कुरा–बैक तथा वित्तिय संस्था मनी ट्रान्फरहरुसँग आफुसँग भएको स्टक पैसाको जानकारी तुरुन्त नेपाल राष्ट्र बैकलाई जानकारी गराउनु भन्ने सर्कुलर गर्दैछ । हिजो साँझको क्लोजिङ स्टक हो ।

धेरै कुरा भातरीय केन्द्रीय वैंकको निर्णयमा भर पर्छ । अहिले १० बजेपछि भारतीय रिजर्व बैंकसंग टेलिफोन वा कुनै माध्यमबाट सम्पर्क भएपछि मात्र स्पष्ट कुरा आउँछ । हामीले यहाँ संकलन गरेका नोटहरुको कसरी सटही हुन्छ भन्ने निश्चित जवाफ आउँछ । त्यसकै आधारमा सर्वसाधारणसँग भएका नोट कसरी वा कुन माध्यमबाट साटने भन्ने तुरुन्त सूचना जारी गरिन्छ ।

हाम्रो अर्थ व्यवस्थामा प्रभाब पर्न सक्छ । भारत सरकारले हाम्रो आन्तरिक रुपमा वा देश भित्र कारोबार गर्नको लागि बनाएको नोट हैन् । यसको कारोबार गर्दा भारतीय विधान अनुसार नै गर्नुपर्ने हुन्छ हामीले । भारत भ्रमणको बेला प्रयोगमा ल्याउन सकिन्छ ।

आर्थिक र अन्य सम्बन्ध अत्यन्त निकट भएका कारणले सर्वसाधारण ठुलो मात्रामा विदेशी मुद्रा होल्ड नगर्नु, कारोबार नगर्नु भन्ने सूचना पटक–पटक सूचना जारी भएको हुन्छ । तै पनि केही मुद्रा होल्ड गरिराखेको हुन सक्छन् । संकलन र संचय गर्न भनेको छैन

त्यसकारण यी नोट भारतको नीति र उनले कारोबार गर्नु भने अनुसारनै प्रयोग गर्नुपर्छ ।

भारतको प्रतिक्रिया के आउछ र कत्तिसम्म हामीले भारतमा लगेर जम्मा गर्न सक्छौं त्यही अनुसार नै भारतलाई सूचना जारी गर्नु पर्ने हुन्छ अहिले सर्वसाधारणले आत्तिनु पर्दैन । राष्ट्र बैंकको सूचना पर्खनु राम्रो हुन्छ ।

कारोबारको लागि नेपालको आर्थिक क्षेत्रमा के प्रभाव पर्छ भन्नेमा यो कारोबारको लागि राखिएको नोट हैन । कारोबारको लागि नेपाली रुपैंयाँ नै जम्मा गरिएको हुन्छ । ठूलो प्रभाव पर्ला जस्तो लाग्दैन ।

कत्तिपय ब्यक्तिले कानुनको उलंघन गरि ठुलो रकम जम्मा गरेर राखेका छन् भने उनीहरुलाई केही समस्या पर्ने हुन्छ । भारत सरकारले पनि नक्कली नोट र गैरकानुनी रुपमा राखिएको नक्कली नोटलाई ध्यानमा राखेर ल्याएकाले धेरै असर नगर्ला ।

 

तपाईंको बिचार