Tuesday, April 25, 2017  |    

अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्प जितनजिक

प्रकाशित मिति: 2016/11/09

कार्तिक २४,वासिंङटन । अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतगणनामा रिपब्लिकन पार्टीका उमेद्वार डोनाल्ड ट्रम्पले अग्रता लिएका छन । हाल सम्म ट्रम्पले ४८.५ प्रतिशत भोट प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी डेमोक्रयाटिक पार्टीकी उमेद्वार हिलारी क्लिन्टनले ४७  प्रतिशत भोट प्राप्त गरेकी छन् । हाल सम्म ट्रम्पले २ सय ४४ इलेक्ट्रोल भोट जित्दा क्लिन्टनले २ सय ९ इलेक्ट्रोल भोट जितेकी छन्।
अमेरिकाका सबै राज्यहरुमा ८ नोभेम्बरको बिहानैदेखि शुरु भएको मतदानपश्चात् उम्मेदबारद्वय हिलारी  क्लिन्टन र डोनाल्ड जोन ट्रम्पमध्ये को को कहाँ कहाँ विजयी भएकोबारे बिभिन्न राज्यबाट धमाधम मतगणनाको प्रारम्भिक नतिजा आइरहेका छन् ।

हालसम्म प्राप्त राज्यगत नतिजा अनुसार क्लिन्टन कनेक्टिकट, न्युयोर्क, इल्लिन्वाइ, आइल्याण्ड, न्यु मेक्सिको, भर्जिनियामा विजयी भएकी छन् । ट्रम्प मोन्टाना, आक्र्यान्सस, टेक्सास, नर्थ डकोटा, साउथ डकोटा, वायोमिङ्ग, क्यान्सास, नेब्रास्का, मिस्सिसिप्पी, टेनेस्सी, अलाबा, लुजियाना, मोन्टाना, मिसाउरी, ओहायोमा विजयी भएका छन् । कुल ५ सय ३८ इलेक्ट्रोल भोटमा राष्ट्रपतिमा निर्वाचित हुन २ सय ७० इलेक्ट्रोल भोट आवश्यक पर्दछ । बुधबार अमेरिकामा ४५ औं राष्ट्रपतिको निर्वाचन भएको थियो ।

 

तपाईंको बिचार