Wednesday, July 26, 2017  |    

डोनाल्ड ट्रम्पलाई जितका लागी ४ मत आवश्यक

प्रकाशित मिति: 2016/11/09

कात्तिक २४, काठमाडौं । अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प जित नजिक पुगेका छन् ।
मत परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । र, ट्रम्पले आफ्नो प्रतिद्वन्द्वी डेमोक्रेटिक हिलरी क्लिन्टनलाई निकै पछि पारेका छन् ।
साथै मत गणना भइरहेको निर्णायक मानिएका प्रमुख राज्यहरुमा ट्रम्पले नै अग्रता लिइरहेका छन् ।
५० राज्यमध्ये ४२ को मत परिणाम आएको छ । र, ट्रम्पले २६६ इलेक्टोरल भोट जितेका छन् भने हिलरीले २१८ भोट जितेकी छन् ।
३८ इलेक्टोरल कलेजमा राष्ट्रपतिमा निर्वाचित हुन २७० भोट चाहिन्छ ।
लसएन्जलस टाइम्सका अनुसार पछिल्लो पटक ट्रम्पले २० इलेक्टोरल कलेज भएको  पेन्सलभेनिया राज्यमा जित हात पारेका छन् ।  मिसिगनमा पनि उनको जित निश्चित जस्तै भएको छ भने एरिजोनामा उनको अग्रता कायमै छ ।

मिसिकनमा १९८८ पछि  रिपब्लिकन पार्टीका कुनै पनि उम्मेदवारले जित हासिल गर्न सकेका थिएनन् । तर, यो पटक ट्रम्प जित नजिक छन् ।
हिलरी भने मिनेसोता र न्यूह्याम्पशायरमा अगाडि छिन् ।

 

तपाईंको बिचार