Sunday, August 20, 2017  |    

सबै भोट गणनापछि मात्र हिलारी क्लिन्टन बोल्ने

प्रकाशित मिति: 2016/11/09

कात्तिक २४, काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रिटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनले अन्तिम मत परिणाम नआउँदासम्म हार स्वीकार नगर्ने भएकी छन् ।
क्लिन्टनको चुनावी अभियान प्रमुख जोन पोडोस्टाले समर्थकहरुलाई सम्बोधन गर्दै क्लिन्टनले तत्काल नबोल्ने बताएका छन् । अझै मत गणना जारी रहेको र हरेक भोटको गणना हुने भन्दै उनले आज क्लिन्टनले केही नबोल्ने जानकारी दिएका छन् ।
क्लिन्टनले भोलि मात्र बोल्ने भन्दै उनले समर्थकहरुलाई घर गएर केही समय सुत्न आग्रह गरे ।
मत गणना अन्तिम चरणमा पुगेको छ र, रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प विजयी नजिक पुगेका छन् ।
 

 

तपाईंको बिचार