Friday, April 28, 2017  |    

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित

प्रकाशित मिति: 2016/11/09

कात्तिक २४, काठमाडौं । अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प विजयी भएका छन् । यससँगै ट्रम्पका समर्थकहरुले खुसी मनाउन थालेका छन् भने अहिले ट्रम्पले सम्बोधन गरिरहेका छन् ।

डेमाक्रेटिक उम्मेदवार हिलरी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपति बनेका हुन् ।
अन्तिम चरणमा पुगेको मत गणनामा ट्रम्पले २७४ इलेक्टोरल मत पाएको समाचार एजेन्सी एपीले जनाएको छ । ५३८ इलेक्ट्रोरल कलेजमा राष्ट्रपति बन्न २७० मत आवश्यक पर्छ ।

 

तपाईंको बिचार