Sunday, April 30, 2017  |    

जनवरी २० बाट ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हाल्ने

प्रकाशित मिति: 2016/11/09

कार्तिक २४, वासिङ्टन डिसी । अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा रिपब्लिकन पार्टीका उम्मेदवार उद्योगपति डोनाल्ड ट्रम्प बिजयी भएका छन् ।  

आफ्नो चुनावी अभियानको केन्द्रमा उपस्थित समर्थकलाई उनले सम्बोधन गर्दै धन्यबाद दिइसकेका छन् ।
राष्ट्रपति निर्वाचन जितेपनि हृवाइट हाउस प्रवेशका लागि उनले अझै दुई महिनाभन्दा बढी समय पर्खनु पर्ने हुन्छ ।
अमेरिकी राष्ट्रपतिको चुनाव जितेका ७० बर्षीय डोनाल्डले आगामी जनवरी २० देखिमात्रै अमेरिकाको सर्वोच्च पदमा आसिन हुनेछन् । सन् २०१७ को जनवरी २० मा सपथ ग्रहण गरेपछि मात्र उनी हृवाइट हाउस प्रबेश गर्नेछन् । त्यही दिन अर्थात जनवरी २० मै बर्तमान राष्ट्रपति बराक ओबामाले ट्रम्पलाई कार्यभार सुम्पनुका साथै उनका लागि हृवाइटहाउस खाली गरिदिनेछन् ।

अमेरिकी राष्ट्रपतिको रुपमा सन् २००८ यताका दुई कार्यकाल पूरा गरी पहिलो अश्वेत राष्ट्रपति बराक ओबामा आगामी जनवरी २० देखि पदमुक्त हुँदैछन् ।
हृवाइटहाउसबाट बाहिरिएर उनी राजधानी वाशिङटनमै रहनेछन् । अधिकांश अमेरिकी राष्ट्रपति सत्ताबाट निस्किएपछि राजधानी शहर बाहिर बस्दै आएपनि ओबामा भने छोरीको पढाई पूरा नभएका कारण बाशिङटनमै रहनेछन् ।

 

तपाईंको बिचार