Wednesday, August 16, 2017  |    

३० लाख आप्रवासीलाई देश निकाला गर्ने ट्रम्पको भनाई

प्रकाशित मिति: 2016/11/14

कात्तिक २९, वासिंङ्टन । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिव ३० लाख गैरकानुनी आप्रवासीलाई उनीहरुकै देश फर्काइदिने बताएका छन् ।

राष्ट्रपति निर्वाचित भएपछि पहिलोपटक सीबीएस टेलिभिजनलाई अन्तरवार्ता दिँदै ट्रम्पले अपराधिक गतिबिधिमा संलग्न त्यस्ता गैरकानुनी आप्रवासीलाई देश निकाला गर्ने बताएका हुन् ।

पहिलो चरणमा अपराधिक रेर्कड भएका आप्रवासीहरु र लागुऔसध कारोबारमा संलग्नहरुलाई कारबाही गरिने बताउँदै ट्रम्पले त्यस्तो संख्या ३० लाखको हाराहारीमा रहेको बताए । गैरकानुनी रुपमा अमेरिका बसेर काम गरिरहेकाहरुलाई कारवाही या देश निकाला गरिने उनले बताए ।
ट्रम्पले चुनावको बेला मेक्सिकोसँग जोडिएको सीमा क्षेत्रमा पर्खाल लगाउने घोषणा समेत गरेका थिए । कुराकानीको क्रममा उनले आफ्नो यो बाचा पूरा गरेरै छाड्ने पनि बताए ।  
अमेरिकामा करिब १ करोड १० लाख प्रवासी रहेको अनुमान छ । तिमध्ये मेक्सिकोबाट आएकाहरुको संख्या धेरै छ ।
ट्रम्पले चुनावी अभियानको क्रममा राष्ट्रपति बराक ओबामाको कार्यकालमा ल्याइएको आप्रवासीहरुलाई माफी दिने कानुन खारेज गर्ने घोषणा समेत गरेका छन् ।

गत मंगलबार ट्रम्प हिलारी क्लिन्टनलाई हराउँदै अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनले आउँदो २० जनवरीमा कार्यभार सम्हाल्नेछन् । अमेरिकी कांग्रेसका दुबै सदनमा ट्रम्पको पार्टी रिपब्लिकन पार्टीको बहुमत छ ।
 

 

तपाईंको बिचार