Sunday, October 22, 2017

रुसी अर्थमन्त्री उल्याकायेब २० लाख डलर घुससहित रंगेहात पक्राउ

प्रकाशित मिति: 2016/11/15

कात्तिक ३०, काठमाडौं । घुस लिएको आरोपमा रुसका अर्थमन्त्री एलेक्सी उल्याकायेब पक्राउ परेका छन् ।
रुसको भ्रष्टाचार विरोधी संस्था इन्भेष्टिगेटिभ कमिटीका अनुसार मन्त्री एलेक्सीले एक तेल कम्पनिबाट २० लाख डलर घुस लिएका छन् ।
रोजेनफण्टले अर्को तेल कम्पनी बासेनफण्टको ५० प्रतिशत स्वामित्वका लागि स्वीकृति दिँदा अर्थमन्त्री एलेक्सीले धम्की दिएर घुस लिएको कमिटीकी प्रवक्ता स्वतलाना पेट्रोनेकोवलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सीले जनाएको छ ।
समाचार अनुसार मन्त्री एलेक्सी घुससहित रंगेहात पक्राउ परेका हुन् । सोभियत संघमा १९९१ मा भएको सत्ता परिवर्तनको प्रयासपछि घुस लिएको आरोपमा पक्राउ परेका एलेक्सी सबैभन्दा ठूला नेता हुन् ।

इन्भेष्टिगेटिभ कमिटीका अनुसार मन्त्री एलेक्सीविरुद्ध छिट्टै मुद्दा दायर गरिने छ ।
यदि घुस लिएको आरोप प्रमाणित भएमा उनलाई आठदेखि १५ वर्षसम्म जेल सजाय हुनसक्ने छ ।
 

 

तपाईंको बिचार