Tuesday, November 21, 2017

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको मृगौलामा समस्या

प्रकाशित मिति: 2016/11/16

मंसिर १, नयाँ दिल्ली  । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको मृगौलामा समस्या भएको छ । विदेशमन्त्री स्वराजले नै आफ्नो स्वास्थ्यअवस्थाका बारेमा जानकारी दिएकी हुन् । उनले ट्वीट गर्दै आफ्नो किड्नी फेल भएको जनाएकी हुन् ।

नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उनको उपचार भइरहेको छ । बुधबार ट्वीट गर्दै विदेशमन्त्री स्वराजले आफ्नो उपचार भइरहेको बताएकी छन् । किड्नी प्रत्यारोपणका लागि परीक्षण भइरहेको पनि उनले जनाएकी छन् ।

 

तपाईंको बिचार