Tuesday, August 22, 2017

फिडेल कास्ट्रोको निधन

प्रकाशित मिति: 2016/11/26

मंसिर ११ । क्युवाको राजनीतिका बहुप्रतिष्ठित व्यक्तित्व तथा पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको शुक्रबार राति निधन भएको छ । उनी ९० बर्षका थिए ।

उनका भाइ तथा वर्तमान राष्ट्रपति राहुल कास्ट्रोले क्युवाको राष्ट्रिय टेलिभिजनमार्फत पूर्व राष्ट्रपतिको निधन भएको खवर शनिबार सार्वजनिक गरेका हुन् । क्युवाको क्रान्तिका सर्वोच्च कमाण्डर तथा पूर्व राष्ट्रपति कास्ट्रोको शुक्रबार राति ११ बजेर २९ मिनेटमा निधन भएको छ । –एजेन्सि

तपाईंको बिचार