Thursday, October 19, 2017

ह्दयघातपछि तमिल नाडुका मुख्यमन्त्री जयललिताको अवस्था गम्भीर

प्रकाशित मिति: 2016/12/05

मंसिर २०, काठमाण्डौ । तमिल नाडुका मुख्यमन्त्री जयललितालाई ह्दयघात भएपछि अवस्था ज्यादै गम्भीर भएको बताइएको छ । टाइम्स अफ इण्डियाको अनलाइन संस्करणले उनलाई इसीएमओ र लाइफ सपोर्ट सिस्टममा राखिएको जनाएको छ ।
’मुख्य मन्त्रीलाई बिशेषज्ञहरुको एक समुहले उपचार गराईरहेका छन, अपोलो हस्पिटलका चिफ अप्रेटिङ अफिसर सुविह विश्वनाथनले बिज्ञप्तिमा भनेका छन् ।
यसअघि पनि ६८ बर्षिया जयललितालाई अपोलो हस्पिटलमा सेप्टेम्बर २२ मा ज्वरो र डिहाइड्रेसनका कारण भर्ना गरिएको बताइएको छ ।
पछिल्लो पटक सन् २०१५ देखि मुख्य मन्त्री रहेकी जयललिता यसअघि सन् १९९१ देखि १९९६, २००२ देखि २००६ र २०११ देखि २०१४ सम्म पनि मुख्य मन्त्री भएकी थिइन् । त्यसअघि उनी तमिल, तेलंगु र कन्नडाका चर्चित अभिनेत्री थिइन् । राजनीतिमा आउनु  अघि नै उनले १ सय ४० फिल्म खेलेकी थिइन् । सन् १९६१ देखि १९८० सम्म उनलाई बिशेष गरेर भर्सटाइल नायिकाका रुपमा लिइन्थ्यो ।

 

तपाईंको बिचार