Saturday, March 25, 2017  |    

इराकको व्यस्त बजारमा हवाई हमलामा परी ६३ जनाको मृत्यु

प्रकाशित मिति: 2016/12/08

मंसिर २३, काठमाडौं । इराकमा इस्लामिक स्टेटको कब्जामा रहेको अल कैम क्षेत्रमा हवाई हमलामा ६३ भन्दा धेरैको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धेरै बालबालिका र महिला रहेको बीबीसीले जनाएको छ । अमेरिकी नेतृत्ववाला गठबन्धन तथा इराकी एयर फोर्स दवै लगातार यस क्षेत्रमा बम खसालिरहेका छन् । तर, अहिलेसम्म यो हमला कसले गरेको भन्नेबारे पुष्टि हुन सकेको छैन ।

मेडिकल सूत्रहरुका अनुसार हमलामा कम्तिमा ६३ मानिसको मृत्यु भएको छ । सिरिया लगत्तै इराकको उक्त सहरमा अज्ञात जेट विमानबाट मिसाइल हमला गरिएको थियो । र, हमलाको निशाना चुक्दा रिहाईशी क्षेत्रमा खसेको थियो ।
प्रत्यक्षदर्शीका अनुसार मिसाइलको निशाना इस्लामिक स्टेटको हेर्डक्वाटरको क्षेत्रमा खसाल्न लागिएको थियो । तर, मिसाइल एक व्यस्त बजार क्षेत्रमा खसेको थियो ।
स्लामिक स्टेटसँग सम्बन्धित अमाका न्यूज एजेन्सीले हमलामा १२० मानिस मारिएको बताएको छ ।

 

तपाईंको बिचार