Sunday, April 30, 2017  |    

ईन्डोनेसियामा सेनाको विमान दुर्घटना, १३ जनाको मृत्यु

प्रकाशित मिति: 2016/12/18

पुस ३, काठमाण्डौ । इन्डोनेसियामा आइतबार सेनाको विमान दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । 

टीमीका सहरबाट उडेको हरकुलस सी १३० विमान निर्धारित तालिकानुसार अवतरण हुन नसकी पूर्वी क्षेत्रमा आपतकालीन अवतरण हुने क्रममा दुर्घटना भएको अधिकारीहरुले बताएका छन् । स्थानीय समयअनुसार विहान करिब ६ बजेदेखि विमान सम्पर्कबिहीन भएको प्राविधिकहरुले बताएका छन । 
विमानमा एकजना यात्रुसहित १२ जना रहेका थिए । तीमध्ये तीनजना विमान चालक, आठजना प्राविधिक, एकजना नाविक (विमानको पथप्रदर्शक) र सुरक्षा अधिकृत रहेका थिए । 
विमान दुर्घटना भएको क्षेत्र मौसमको बारेमा भविष्यवाणी गर्न नसकिने क्षेत्रको रुपमा चिनिन्छ । दुर्घटना हुनुअगाडि विमान बादलमा छिरेको बताईएको छ ।
उद्धारकर्ताहरुले विमान भग्नावशेष अवस्थामा भेटिएको बताएका छन् । हवाई सेनाको नियमानुसार १३ जनाकै शव ल्याइएको छ ।
दुर्घटनाका बारेमा सत्यतथ्य पत्ता लगाउन छानविन टोली घटनास्थलमा पठाइ सकिएको पनि उनले जानकारी दिए । इन्डोनेसियामा यसअघि बोर्नेओमा पनि गत नोभेम्बरमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो ।

तपाईंको बिचार