Sunday, October 22, 2017

चीनले देखाउँदै आफ्नो शक्ति

प्रकाशित मिति: 2016/12/29

पुस १४ । दक्षिण चीन सागरमा एयरक्राफ्ट क्यारियर पठाउनु होस् वा नयाँ लडाकू विमान, चीनियाँ सेना लगातार आफ्नो नयाँ उपकरण संसारसामू सार्वजनिक गरिरहेको छ । स्मरण रहोस्, ट्रम्पका कारणले नै ताइवान र चीनबिच पछिल्लो केही समयदेखि तनाव बढिरहेको छ ।

यस्तो अवस्थामा जानकारका अनुसार चीन हतियारको क्षेत्रमा आफ्नो शक्ति बनाराख्नका लागि यस्तो शक्ति प्रदर्शन गरिरहेको छ । अमेरिका र ताइवान पछिल्लो समय नजिकिएका कारण चीनले आफ्नो  शक्ति प्रदर्शन गरिरहेको विज्ञहरुको दाबी छ । ताइवानलाई आफ्नो हिस्सा मान्ने चीन ताइवान अमेरिकासँग नजिकिएपछि रुष्ट भएको छ ।

केही दिन अघि चीनले आफ्नो एउटै एयरक्राफ्ट क्यारियर लियाउनीलाई प्रशान्त महासागरमा पहिलो पटक पठायो । यस्तै, चीनको नयाँ लडाकू विमान एफसी–३१ ले पनि पहिलो पटक उडान भर्यो । चीनले यो शक्तिको प्रर्दशन डोनल्ड ट्रम्पले ४ दशक पुरानो अमेरिकी नीति विरुद्ध गएपछि सुरु गरेको हो । ट्रम्पले अमेरिकी नीतिविरुद्ध ताइवानका राष्ट्रपतिसँग फोनमा कुराकानी गरेका थिए । –एजेन्सी

 

तपाईंको बिचार