Thursday, June 29, 2017  |    

उर्जामा यूएईले १६३ अर्ब डलर लगानी गर्दै

प्रकाशित मिति: 2017/01/12

अबुधावी । खाडी मुलुक संयुक्त अरब इमिरेट्सले नवीकरणीय ऊर्जामा १ खर्ब ६३ अर्ब डलर लगानी गर्ने जनाएको छ । देशका आवश्यकताको आधा ऊर्जा सिर्जना गर्नका लागि यो परिमाणको लगानी गरिन लागिएको हो ।

ठूलो परिमाणमा तेल उत्पादन गर्ने यो खाडी मुलुकले आगामी २०५० सम्मको अवधिमा यो परिमाणको ऊर्जा लक्ष्य प्राप्त गर्ने भएको छ । वातावरणीय लक्ष्यका विरुद्धमा आर्थिक आवश्यकतालाई पनि सन्तुलन गर्न लागिएको यूएई सरकारले जनाएको छ । युएईमा तुलनात्मक रूपमा ठूलो सौर्य ऊर्जाको सम्भावना भएको र खनिज तेलको प्रयोग कम गर्ने इच्छा यो मुलुकले व्यक्त गरेको छ ।
प्रतिव्यक्ति हरित गृह ग्यास सीओटुको मामिलामा यो मुलुक अग्रपंक्तिमा देखा पर्दै आएको छ । सीओटु प्रदूषण प्रतिव्यक्तिको मामिलामा यूएई विश्वव्यापी सूचीमा आठौं स्थानमा रहँदै आएको छ । उसको यो स्थान कतार, कुवेत र बहराइनपछिको हो ।

आगामी २०५० सम्मको अवधिमा दृशको ऊर्जा आवश्यकताको ४४ प्रतिशत नवीकरणीय ऊर्जाबाट प्राप्त हुने यूएईका प्रधानमन्त्री सिख मोहमद बिन रसिदले बताए । यसको ३८ प्रतिशत ग्यास, १२ प्रतिशत स्वच्छ खनिज इन्धन र ६ प्रतिशत परमाणु ऊर्जाबाट आउनेछ ।

ट्विटरमा लेख्दै उनले भने, “प्रयोग क्षमता ४० प्रतिशतले बढाउने र स्वच्छ ऊर्जाको योगदान ५० प्रतिशत बनाउने योजना छ ।” “जसले ऊर्जाका बारेमा सोच्दैन, उसले भविष्यका बारेमा पनि सोचेको हुँदैन” उनले भने । –एजेन्सि

तपाईंको बिचार