Monday, October 23, 2017

ग्रीस बहिर्गमनको जोखीम लिन चाहन्नौं : फ्रान्सेली प्रधानमन्त्री

प्रकाशित मिति: 2015/07/09

असार २२, पेरिस (फ्रान्स) । ग्रीस यूरोजोनबाट बाहिरिने विषयले पार्नसक्ने प्रभावका बारेमा फ्रान्सले कुनै पनि जोखीम लिन नचाहेको फ्रान्सेली प्रधानमन्त्री म्यानुअल भल्सले बताएका छन् । यस्तो विषयबाट विश्वव्यापी रूपमा पर्नसक्ने असरबारे विभिन्न विचार विमर्शहरू भइरहेको भन्दै उनले त्यसका कारण हुनसक्ने समस्याको जोखीम आफूहरूले नलिने बताएका छन् । 

‘हामी पूर्ण रूपमा जानकार छौं कि यूरोजोनबाट ग्रीसको बहिर्गमनका बारेमा हामी कुनै जोखीम लिन सक्दैनौं र यसका कारण पर्नसक्ने असरको पनि हामी भागिदार छैनौं,’ भल्सले भने । ग्रीस यूरोजोनमा नै रहिरहोस् भन्ने पक्षमा फ्रान्स पनि रहेको बताउँदै यसका लागि आफू जेजस्तो गर्न पनि तयार रहेकोमा उनले जोड दिएका छन् । ग्रीस आर्थिक रूपमा निकै असहज परिस्थितिका साथ गुज्रिएकाले हाल यूरोजोनबाट बाहिरिने विषयमा व्यापक मात्रामा चर्चा भइरहेको छ । रासस/एएफपी

तपाईंको बिचार