Tuesday, November 21, 2017

सामसुङको सञ्चालन नाफा बढ्यो

प्रकाशित मिति: 2015/07/09


असार , सोल (दक्षिण कोरिया) । सन् २०१५ को दोस्रो त्रैमासमा दक्षिण कोरियाली बहुराष्ट्रिय इलेक्ट्रोनिक्स कम्पनी सामसुङको सञ्चालन नाफामा वृद्धि भएको छ । अप्रिल–जुन अवधिमा सामसुङको सञ्चालन नाफा अघिल्लो त्रैमासको तुलनामा १५ दशमलव ३८ प्रतिशतले बढेर ६ दशमलव ९ ट्रिलियन वनमा उक्लिएको छ । यद्यपि, नाफाको यो आकार गतवर्षको तुलनामा भने ४ दशमलव शून्य ३ प्रतिशतले बढी हो । गतवर्षको तेस्रो त्रैमासमा ४ दशमलव शून्य ६ ट्रिलियनभन्दा कम रहेको कम्पनीको सञ्चालन नाफा पछिल्ला केही त्रैमासयता भने सुध्रिने क्रममा रहेको पाइएको छ । गतवर्षको अन्तिम र यो वर्षको पहिलो त्रैमासमा सामसुङको सञ्चालन नाफा क्रमशः ५ दशमलव २९ ट्रिलियन वन र ५ दशमलव शून्य ८ ट्रिलियन वन थियो । त्यस्तै दोस्रो त्रैमासमा कम्पनीको आम्दानीको प्रारम्भिक तथ्याङ्क ४८ ट्रिलियन वन रहेको छ । यो अघिल्लो त्रैमासको तुलनामा १ दशमलव ८७ प्रतिशतले बढी तर गतवर्षको तुलनामा भने ८ दशमलव ३१ प्रतिशतले कम हो । रासस/सिन्ह्वा 

 

तपाईंको बिचार