Wednesday, May 24, 2017  |    

भारतको कानपुरमा रेल दुर्घटना गराउने मुख्य योजनाकार नेपाली, आइएसआईको संलग्नता

प्रकाशित मिति: 2017/01/18

बिहार प्रहरीले गत नोभेम्बर २० मा कानपुरको पुखराया नजिक भएको रेल दुर्घटनामा आइआएसइको योजना रहेको दाबी गरेको छ ।

मोतिहारीका एसपी जितेन्द्र राणाका अनुसार घटनामा पक्राउ परेका तीन आरोपीले यसको खुलासा गरेका हुन् । सोधपुछको क्रममा कानपुर रेल दुर्घटनाका मास्टर माइन्ड दुबाईमा रहेका नेपालका व्यवसायी शम्शुल होदा हुन् ।

उनलै यसको योजनाको फिडिङ गरेका थिए । उनै होदा आइएसआइ र घटना घटाउनेहरुबीच सूचना आदनप्रदान गर्थे । २० नोभेम्बरमा भएको कानपुर ट्रेन दुर्घटनामा पटना–इन्दौर एक्सप्रेसको ट्रेन रेलको लिकबाट उत्रिएको थियो । यसमा १५० भन्दा बढीको मृत्युभएको थियो । –एजेन्सि

तपाईंको बिचार