Saturday, September 23, 2017

ओबामाको बिदेश नितीमा ट्रम्पको झड्का, टिपीपी बाट बाहिर निस्कने आदेशमा हस्ताक्षर

प्रकाशित मिति: 2017/01/24

माघ ११, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार सम्झौता ‘ट्रान्स प्यासिफिक पार्टनरशिप’ (टीपीपी) बाट बाहिर हुने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । 

यो ब्यापार सम्झौतालाई पूर्व राष्ट्रपति बाराक ओबामाको एसिया नीतिको प्रमुख आधार मानिएको थियो । यसमा १२ देशले हस्ताक्षर गरेका थिए । तर ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा नै टीपीपीलाई एक सम्भावित आपतको संज्ञा दिँदै यसले अमेरिकामा उत्पादन क्षेत्रलाई हानी र्पुयाएको बताएका थिए ।
यससँगै उनले आफ्नो चुनावी अभियानमा गरेका बाचाहरु मध्ये एक पूरा गरेका छन् ।

ट्रम्पले ठूलो मात्रामा ट्याक्स घटाउने र विनिमय कम गर्ने बाचा गरेका छन् । तर, जुन कम्पनीको कारखाना विदेशमा छ, उनीहरुमाथि धेरै सीमा कर लगाउने बताए । हृवाइट हाउस सम्हाल्न पुगेका ब्यापार जगतका हस्ती ट्रम्पले आयातमा जरिवाना लगाउने चेतावनी दिएका छन् ।

हृवाइट हाउसमा एक बैठकपछि सोमबार राष्ट्रपति ट्रम्पले भनेका छन, हामी बिनियमलाई ठूलो मात्रामा कम गर्छौ । तर, यो नियम मानिसहरुको बचाउका लागि हो ।

 

तपाईंको बिचार