Sunday, April 30, 2017  |    

सूर्तीजन्य पदार्थमा कर कम भयो

प्रकाशित मिति: 2015/07/09

यसैबीच, डब्ल्यूएचओले संसारका कमैमात्र देशले उक्त सङ्गठनको मापदण्डबमोजिम सूर्तीजन्य पदार्थमा कर लगाएको बताएको छ । सङ्गठनले सूर्तीजन्य पदार्थहरूमा स्थानीयस्तरमा तय गरिएको खुद्रा मूल्यको कम्तीमा पनि ७५ प्रतिशत कर लगाउँदा विश्वमा धूम्रपान नियन्त्रणमा सहयोग पुग्ने धारणा व्यक्त गरेको छ । हालैमात्र सङ्गठनले सार्वजनिक गरेको विश्वमा धूम्रपान उपभोगको अवस्थासम्बन्धी प्रतिवेदनमा यसरी कर लगाउने राष्ट्र संसारमा निकै थोरै मात्र पाइएको छ । 

विश्वमा धूम्रपान नियन्त्रणका लागि विभिन्न छवटा मापदण्डभित्र सूर्तीजन्य पदार्थमा बढी कर पनि समावेश छ । यसले यस्तो पदार्थको किनबेचलाई हतोत्साही गराउने भएकाले उपभोगमा कमी आउने विश्वास लिइएको छ । तर धूम्रपान नियन्त्रणका लागि आवश्यक मानिएको यो नीतिको पालना गर्नेमा विश्वका धेरै कममात्र देश रहेका छन् । अझ कतिपयले त धूम्रपानमा कर नै नलगाउने पनि गरेको पाइएको सो प्रतिवेदनमा उल्लेख गरिएको छ । सूर्तीजन्य पदार्थको सेवनबाट संसारमा प्रत्येक वर्ष कम्तीमा पनि ६० लाख नागरिकको ज्यान जाने गरेको छ । रासस/एपी/एजेन्सी

तपाईंको बिचार