Sunday, April 30, 2017  |    

ट्रम्पले बनाउने पर्खालको खर्च नबेर्होने मेक्सिको राष्ट्रपतिको घोषणा

प्रकाशित मिति: 2017/01/26

माघ १३, काठमाडौं । अमेरिकाले मेक्सिकोको सीमा क्षेत्रमा बनाउने भनिएको पर्खालको खर्च नव्यहोर्ने मेक्सिकोले घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मेक्सिकोको सीमामा पार गर्न नसकिने पर्खाल बनाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो पर्खाल बनाउन लाग्ने अर्बौं रकम मेक्सिको सरकारले व्यहोर्नु पर्ने उनले बताएका छन् ।
तर, मेक्सिकोका राष्ट्रपति एनरिक पेना निएटोले पर्खाल बनाउने योजनाप्रति ‘शोक’ व्यक्त गरेका छन् । मेक्सिको पर्खालमा विश्वास गर्दैन उनले भने । 
तर, उनले जनवरी ३१ का लागि तय भएको अमेरिकी राष्ट्रपतिसँगको भेट रद्ध गरेको वा सारेको केही बताएका छैनन् ।

तपाईंको बिचार