Wednesday, August 23, 2017

जापानको चालू खाता बचत ११औं महीनामा

प्रकाशित मिति: 2015/07/09

असार , टोकियो (जापान) । सन् २०१५ को मेमा जापानको चालू खाता बचत ११औं महीनामा उक्लिएको छ । सो अवधिमा कच्चा तेलको भाउमा आएको कमीले आयात लागत घटाएको र येनको अवमूल्यनले वैदेशिक नाफा बढाएका कारण बचत बढेको त्यहाँको अर्थ मन्त्रालयले बताएको छ । मेमा जापानले १५ अर्ब ३७ करोड डलर बचत गरेको तथ्याङ्क छ । मेमा जापानको निर्यात र आयात गतवर्षको तुलनामा क्रमशः शून्य दशमलव १ प्रतिशत र १० दशमलव ३ प्रतिशतले घटेको बताइएको छ । यसले वस्तु तथा व्यापारघाटा खुम्चिन सहयोग पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको औसत भाउ ४५ दशमलव ८ प्रतिशतले घटेका कारण जापानको तेल आयात ३१ दशमलव ६ प्रतिशतले कम भएको हो । उता, तरल प्राकृतिक ग्यासको आयात पनि ४४ दशमलव १ प्रतिशतले घटेको छ । जापानले विदेशी लगानीबाट कमाउने आम्दानी बुझाउने ‘प्रारम्भिक आम्दानी खाता’मा ३८ प्रतिशतको वृद्घि भएको छ । जापानी मुद्रा येनको अवमूल्यनका कारण विदेशी ऋणपत्रमा भएको लागानीले आम्दानी बढेको तथ्याङ्क छ । मेमा येनको भाउ डलरको तुलनामा १८ दशमलव ६ प्रतिशतले घटेको बताइएको छ । रासस/सिन्ह्वा

 

तपाईंको बिचार