Saturday, March 25, 2017  |    

तेलको भाउ बढ्यो

प्रकाशित मिति: 2015/07/09

 

चीनको शेयर बजारमा आएको सुस्ती र ग्रीसको ऋण सङ्कटले इन्धन मागसम्बन्धी चिन्ता बढाउँदा तेलको भाउ दबाबमा आएको थियो । बुधवार ब्रेण्ट क्रुडको भाउ ५० सेण्टले बढेर ५७ डलर ३५ सेण्टमा उक्लिएको छ । उता, अमेरिकी परिसूचक वेष्ट टेक्सास इण्टरमिडियट (डब्ल्यूटीआई)को भाउ ४० सेण्टले बढेर प्रतिब्यारेल ५२ डलर ७३ सेण्टमा उक्लिएको छ । मङ्गलवार ब्रेण्टको भाउ गत अप्रिलयताकै न्यून अर्थात् प्रतिब्यारेल ५५ डलर १० सेण्टमा ओर्लिएको थियो । इरानी आणविक कार्यक्रमको अन्तिम सम्झौताबारेको वार्ता शुक्रवार हुँदै छ । एजेन्सी

तपाईंको बिचार