Thursday, October 19, 2017

विश्वको सबै भन्दा महंगो भवन बिक्रिमा

प्रकाशित मिति: 2017/02/09

अमेरिकाको लस एल्जलसमा रहेको संसारको सबैभन्दा भहंगो घर बिक्रिमा राखिएको छ। अहिले सम्मकै सबैभन्दा महंगो मुल्यमा राखिएको उक्त भवनको मुल्य २ सय ५० मिलियन अमेरिकी डलर रहेको छ। यसको नेपाली मुल्य २ खरब ५० अरब भन्दा बढी हुन्छ।

जसले यो घर किन्ने छ उसले हेलिकप्टर, घरमा राखिएका कलेक्सन गाडीहरु पनि प्राप्त गर्ने छ। लसएन्जलसस्थित स्थानिय समाचारहरुले बताए अनुसार उक्त महंगो भवनको निमार्ण हैगबैग डिनाइनका मालिक ब्रुस मेकोस्कीले बनाएका थिए। ब्रुसले गरेको दावी अनुसार संसारभर उक्त भवन किन्न सक्ने ३ हजार मान्छेहरु मात्र छन्।

भवनमा १२ सुत्ने कोठा, २१ वटा बाथरुम, ५ वटा बार, ३ किचेन, १ स्पारुम र १ मुभि थिएटर रहेका छन्। भवनको छतमा स्वीमिङपुल पनि रहेको छ। त्यस्तै केटाकेटीहरुका लागी उक्त भवनभित्र करिव साढे एक करोड वरावरका चक्लेट पनि राखिएका छन।

न्युयोर्क स्थित फोब्स म्यागजिनले सन २०१४ मा संकलन गरेको समाचार अनुसार अहिले सम्म भारतीय धनाड्य मुकेश अंवानीको घर संसारको सबैभन्दा महंगो भवन मानिएको थियो।

यस घरका मालिकले दाव गरे अनुसार यो भवन संसारको आठौँ आश्चर्य हो। उक्त भवनको निमार्ण गर्न ३ हजार कामदारलाई चार वर्ष लागेको थियो। -एजेन्सि 

तपाईंको बिचार