Sunday, April 30, 2017  |    

२०१८ का लागि रक्षा खर्चमा ५४ अर्ब डलर बृद्धि गर्ने ट्रम्पको घोषणा

प्रकाशित मिति: 2017/02/28

फागुन १७, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा खर्चमा भारी बृद्धि गर्ने बताएका छन् । उनले २०१८ का लागि आफ्नो प्रस्तावित बजेटमा रक्षा खर्चमा ५४ अर्ब डलर बृद्धि गर्न चाहेका छन्, जुन कुल रक्षा खर्चको लगभग ९ प्रतिशत हो ।

ट्रम्पको बजेट योजनामा अन्य क्षेत्रमा भने बजेट कटौतीको प्रस्ताव छ । यसमा विदेशिक सहायता र पर्यावरणमा हुने खर्च पनि सामेल छ । ट्रम्पका अनुसार बजेट सेना, सुरक्षा र आर्थिक विकासमा केन्द्रित हुनेछ ।

यद्यपि रिपब्लिकन पवार्टीको सुुधारको मागका बावजुद ट्रम्पले सामाजिक सुरक्षा र स्वास्थ्य सेवामा कुनै कटौतीको प्रस्ताव राखेका छैनन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले मार्च मध्यमा आफ्नो बजेट प्रस्तावको अन्तिम स्वरुप पेश गर्ने सम्भावना रहेको बीबीसीले जनाएको छ । सोमबार हृवाइट हाउसमा गभर्नरसँगको भेटमा ट्रम्पले भनेका छन्, हामी सिमित संसाधनमा धेरै कम गर्न चाहन्छौं र सरकारलाई अधिक जवाफदेही बनाउन चाहन्छौं ।’

अमेरिकाको बाषिर्क रक्षा बजेट करिव ६०० अर्ब डलर छ र यो विश्वको सबैभन्दा धेरै हो ।

तपाईंको बिचार