Monday, September 25, 2017

कतारलाई किन एक्ल्याइयो

प्रकाशित मिति: 2017/06/06

काठमाडौं । इस्लामिक स्टेट (आईएस) सहितका लडाकु समूहलाई सहयोग गरेको र क्षेत्रीय तथा आपसी मतभेद बढाउने गतिविधि गरेको आरोप लगाउँदै ७ मुलुकले कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेका छन् । साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन, लिबिया, यमन, माल्दिभ्स र इजिप्टले कतारसँगको सम्बन्ध विच्छेद गरेका हुन् । कतारले भने यो निर्णय ‘अनुचित’ रहेको र ‘तथ्यमा आधारित नभएको’ प्रतिक्रिया दिएको छ । 

कतारसँग स्थल सीमा जोडिएको एक मात्र मुलुक साउदी अरबले सीमासमेत बन्द गरेको छ । इजिप्टले हवाई तथा जलसम्बन्ध तोड्दै आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ । साथै कायरोस्थित कतारी राजदूतलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिएको छ । यूएईको विमान सेवा एयर अरेबिया, इमिरेट्स, इत्तिहाद र फ्लाई दुबई तथा साउदी अरेबियाको साउदियाले कतारका उडान रद्द गरेका छन् । साउदी अरेबिया, यूएई र बहराइनले आफ्ना देशमा रहेका कतारी नागरिकलाई दुई साताभित्र देश छाड्न निर्देशन दिएका छन् । यी तीन देशले आफ्ना देशका नागरिकलाई कतारको भ्रमण गर्नसमेत प्रतिबन्ध लगाएका छन् । 

तपाईंको बिचार