Thursday, November 23, 2017

अफगानिस्तानको कडा सुरक्षा कारबाहीमा ४६ जनाको मृत्यु

प्रकाशित मिति: 2017/09/26

काबुल । अफगानिस्तानमा सुरक्षाकर्मीको कारबाहीमा परी कम्तीमा ४६ जना लडाकूको मृत्यु भएको छ ।  घटनामा परी अन्य १८ जना घाइते भएको रक्षा मन्त्रालयले सोमबारी जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गत २४ घण्टाको अवधिमा सरकारी सुरक्षाकर्मीहरूले देशभरका विभिन्न ठाँउमा सुरक्षा कारबाही चलाएका थिए । मन्त्रालयको वक्तव्य अनुसार सुरक्षाकर्मीहरूले लडाकूहरूको १८ वटा आश्रयस्थल र बंकर नष्ट गरिदिएका छन् । अफगानी सेनाले प्रहरी र गुप्तचर निकायसँग मिलेर विगत छ महिनादेखि देशभरी कडा सुरक्षा कारबाही चलाएको छ । सुरक्षा कारबाहीका लागि झण्डै छ हजार सैनिक परिचालन गरिएको रक्षा मन्त्रालयले जनाएको छ ।

तपाईंको बिचार