Sunday, November 19, 2017

साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा मृत्यु

प्रकाशित मिति: 2017/11/06

एजेन्सि। साउदी अरबका राजकुमारको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । यमनको सीमा क्षेत्रमा पर्ने आभा शहर नजिक हेलिकोप्टर दुर्घटना हुँदा राजकुमार मन्सुर बिन मुकरिनको मृत्यु भएको हो । 

असिर प्रान्तको उपराज्यपाल समेत रहेका मन्सुर उच्च सरकारी अधिकारीहरुसहित हेलिकोप्टर चढेर भ्रमणमा निस्किएका थिए । हेलिकोप्टरमा सवार कोही पनि नबाँचेको बीबीसीले लेखेको छ । हेलिकोप्टर दुर्घटनाको कारण भने खुलेको छैन ।

साउदीमा भ्रस्टाचारको आरोपमा ११ राजकुमार, चार मन्त्री र केही पूर्वमन्त्री पक्राउ परेको भोलिपल्टै यो दुर्घटना भएको हो। उनी पूर्वयुवराज अब्दुल अजिजका छोरा हुन् ।

तपाईंको बिचार