Saturday, November 18, 2017

सुरुङ खनेर बैंकमा चोरी

प्रकाशित मिति: 2017/11/15

मुम्बई ।  भारतको मुम्बईमा चार महिना लगाएर २५ फुट लामो सुरुङ खनेर बैंक चोरी भएको छ ।  मुम्बईको बैंक अफ बडौदामा चोरहरु उक्त सुरुङबाट शनिबार नगद तथा गरगहाना चोरेर फरार भएको हो ।

प्रहरीका अनुसार चोरहरुले बैंक अफ बडौदा नजिकै एक ठाउँ भाडामा लिएका थिए र त्यहीँबाट सुरुङ खनेका थिए । जाँच एजेन्सीका अधिकारीहरुका अनुसार चोरहरुले भाडामा लिएको ठाउँमा किराना पसल खोलेका थिए जुन देखाउनका लागि मात्रै थियो ।

२५ फुट लामो सुरुङ बैंक लकर भएको कोठामा पुगेर अन्त्य भएको छ जहाँ ३० वटा लकर खुल्लै देखिन्छ । बैंकका कर्मचारीहरुले सोमबार बिहान बैंक खोल्दा मात्रै चोरी भएको थाहा पाएका थिए । त्यसपछि प्रहरीलाई खबर गरिएको थियो ।

२२५ थान डिपोजिट बाकसहरुमध्ये चोरहरुले ३० वटा चोरेको प्रहरीले जनाएको छ । चोरी भएको हिसाब किताब भने सार्वजनिक भइसकेको छैन । चोरहरुको बारेमा पनि अझै पत्ता लाग्न सकेको छैन । 

तपाईंको बिचार