Friday, September 21, 2018

३७ वर्षे राष्ट्रपति शासन ढल्यो

प्रकाशित मिति: 2017/11/22

काठमाडौं । विगत ३७ वर्षदेखि जिम्बावेमा शासनका पर्याय बनेका जिम्वावेका राष्ट्रपति रोबर्ट मुगावेको शासन ढलेको छ । मंगलबार मुगावेले आफै राजिनामा दिएपछि उनको ३७ वर्षे शासन आफ्नो ९३ वर्षको उमेरमा पूर्णविराम लागेको हो । गतहप्ता मात्र त्यहाको सेनाले राष्ट्रपतिलाई आफ्नो कब्जामा लिएको सेनाले घोषणा गरेको थियो ।

मुगावेले आफ्नो सत्ता छोड्न नचाहेपछि त्यहाका रानीतिक दलहरुले मुगावे विरुद्ध महाअधियोग ल्याउने प्रस्ताव ल्याउने तयारीमा रहेका थिए । मंगलबार मुगावेले आफै राजीनामा दिएपछि महाअधियोगको कार्यक्रम स्थगित भएको छ भने जिम्बावेका सडकमा लाखौ मानिसले मुगावेको सत्ताच्युतको स्वागतमा जुलुस निस्केका छन् । त्यहाका राजनीतिक दल तथा राजनीतिक विश्लेषकहरुले मुगावेले देशलाई स्वतन्त्रताका लागि उनले ठूलो योगदान दिएको तर उनकी श्रीमति र उनका आसपासमा रहेका मानिसहरुले मुगावेलाई बद्नाम गराएको बताएका छन् ।

मुगावेलाई सन् १९७०मा भएको छापामार युद्धलाई अहिले पनि जिम्बावेलीहरुले सम्झिने गर्छछन् । ३७ वर्ष पहिला जिम्बावे हालको नाइजेरिया जस्तै थियो । मुगावेले त्यसबेला जिम्वावेलाई उपनिवेशवाद र छापामार युद्धलाई उनको सोशलिष्ट पार्टीको निरन्तर संघर्षबाट देशलाई मुक्त गराए ।

मुगावेले अगालेको अर्थव्यबस्थाप्रति धेरैको अलोचना हुँदै आएको छ । जिम्बावेमा महगी बढेका कारण त्यहाका जनता ठूलो मारमा परेका छन् भने उनले विदेशी कम्पनीहरुलाई आफ्नो कब्जामा लिएर सरकारीकरण समेत गरेका थिए । जिम्वावेमा ८९ प्रतिशत मानिस शिक्षित छन् ।

तपाईंको बिचार