Tuesday, December 11, 2018

राष्ट्रपतिबाट हटे पनि मुगाबेले मासिक डेढ लाख डलर तलब पाउने

प्रकाशित मिति: 2017/11/26

काठमाडौं । जनताबाट धेरै विरोध र सैनिकले नजरबन्द गरेपछि राजीनामा दिएका जिम्वाबेका शासक रोर्बट मुगाबेलाई सरकारले बाँचुञ्जेल मासिक डेढ लाख डलर तलब दिने भएको छ । यो उनले राष्ट्रपति हुँदा पाइरहेको तलब बराबर हो।

मुगाबेले राजीनामा दिनुअघि भएको सहमतिमा सरकारले उनलाई  एकमुष्ट रूपमा पनि रकम उपलब्ध गराउने उल्लेख छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मुगाबेले ‘गोल्डेन ह्यान्डसेक’ रूपमा  १ करोड डलरभन्दा बढी रकम पाउने बताएका छन् । तर उनले पाउने आधिकारिक रकम भने जिम्वाबे सरकारले खुलाएको छैन । उनको मृत्युपछि पत्नी ग्रेस मुगाबेले आधा तलब पाउनेछिन् ।

३७ वर्ष शासन गरेका मुगाबेलाई सरकारले कुनै विषय मुद्दा नचलाउने सर्तमा उनले राजीनामा दिएको बताइएको छ। सैनिकद्वारा नजरबन्दमा परेर संसदमा महाअभियोगको तयारी भएपछि ९३ वर्षीया मुगाबेले गत हप्ता पदबाट राजीनामा दिएका थिए।

सन् १९८० मा जिम्वाबेको सत्तामा आएका मुगाबेले पत्नीलाई उत्तराधिकारी बनाउन खोज्दा व्यापक विरोध भएको थियो।

तपाईंको बिचार