Saturday, June 23, 2018

अमेरिकालाई उडाउने परमाणु बमको स्वीच सधैं मेरो टेबुलमा हुन्छ : किम

प्रकाशित मिति: 2018/01/01

सियोल । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले अमकेरिकालाई चेतावनी दिँदै परमाणु बम प्रहार गर्ने स्वीच सधैं आफ्नो डेस्कमा रहेको बताइएको छ ।

नयाँ वर्षको उपलक्ष्यमा त्यहाँको राष्ट्रिय टेलिभिजनमा प्रसारण गरिएको भाषणमा उनले पुरा अमेरिका उत्तर कोरियाको परमाणु हतियारको दायरामा रहेको दाबी दोहोर्‍याएका थिए । यो धम्की होइन, सत्यता हो, उनले भने ।

सोही भाषणको क्रममा उनले आफ्नो छिमेकी दक्षिण कोरियालाई आफू सदैव छलफलका लागि तयार रहेको समेत बताएका थिए । हामी गृष्मकालिन ओलम्पिकमा उत्तर कोरियाली टिम पनि पठाउन सक्छौं, उनले भने ।

उत्तरले गरेको पछिल्ला मिसाइल तथा परमाणु परिक्षणपछि अन्तराष्ट्रिय स्तरमै ऊ माथि थुप्रै प्रतिवन्ध लगाइएको छ । प्रतिबन्ध पछि पनि उत्तर कोरिया आफ्नो मिसाइल तथा परमाणु परीक्षणलाई निरन्तरता दिन बताइरहेको छ। –बीबीसी

तपाईंको बिचार