Tuesday, March 28, 2017  |    

अमेरिकामा एउटै घरबाट ८ ओटा शव बरामद

प्रकाशित मिति: 2015/08/10

काठमाडौं, श्रावण २५ । अमेरिकाको टेक्ससस्थित एक घरबाट प्रहरीले ८ ओटा शव बरामद गरेको छ ।
टेक्ससको हुस्टनस्थित एक घरमा प्रहरीले छापा मार्नेक्रममा प्रवेश गरेकै बेला सुरक्षाकर्मीमाथि गोली प्रहार भएपछि घटना उजागर भएको हो । डेबिड कोनली नामका व्यक्तिले आफ्नो घर प्रवेश गरेका सुरक्षाकर्मीमाथि गोली प्रहार गरेपछि उनी पक्राउ परेका थिए ।

छापा मार्नेक्रममा सुरक्षाकर्मीले उनको घरबाट पाँच बालबालिकसहित तीनजना वयस्कको शव बरामद गरेको छ । मारिएका व्यक्ति डेबिडका परिवारका सदस्य हुन् वा होइन्न भन्ने बारे केही नखुलेको प्रहरीले जनाएको छ ।

डेबिड गत महिना आफ्ना परिवारका सदस्यमाथि गोली प्रहार गर्नेक्रममा पक्राउ परी जमानतमा छुटेको व्यक्ति भएको बताइएको छ । घटनाबारे अनुसन्धान जारी छ । (एजेन्सी) -

तपाईंको बिचार