Tuesday, November 21, 2017

अफगानिस्तानमा शक्तिशाली भूकम्प, भारतसम्म हल्लियो

प्रकाशित मिति: 2015/08/10
काठमाडौं, श्रावण २५ । अफगानिस्तानमा सोमबार दिउसो ५ दशमलव ९ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ ।भूकम्पको झट्का भारत प्रशासित जम्मु-कश्मिर, पन्जाब, दिल्लीलगायत पाकिस्तानको राजधानी इस्लामावादमासमेत महसुस गरिएको थियो । अमेरिकी जियोलोजिकल सर्भे (युएसजीएस)का अनुसार भूकम्पको केन्द्रबिन्दू अफगानिस्तानको फैजावाद देखि ८८ किलोमिटर टाढा, जमिनमुनि २ सय ९ किलोमिटरमा रहेको थियो । भूकम्पले पुर्‍याएको क्षतिबारे विवरण आउन बाँकी छ । (एजेन्सी)

तपाईंको बिचार