Wednesday, October 16, 2019

खर्च विधेयक असफलपछि अमेरिकी संकट गहिरियो

प्रकाशित मिति: 2018/01/22

वासिङ्टन। अमेरिकी माथिल्लो सदन (सिनेट) सरकारको खर्चसम्बन्धी विधेयक विफल बनाएको भन्दै अमेरिकी सिनेटको आलोचना गरेका छन् ।

खर्चसम्बन्धी कानून अभावका कारण सरकारी कामकाजमा समस्या आएको भन्दै विदेशमा लड्न पठाइएका सेनालाई तलब खुवाउनसमेत समस्या हुनेगरी अमेरिकी काङ्ग्रेसमा राजनीति भएको भन्दै उनी आक्रोसित बनेका हुन् । विधेयक पारित नभएपछि अब धेरै सरकारी सेवामा प्रभाव पर्ने भन्दै उनले भने, “सिरियाली सीमाक्षेत्रमा रहेका सुरक्षाकर्मीहरूलाई तलब जसरी पनि खुवाउनु पर्छ । सरकारले यसका लागि छिट्टै कुनै उपाय सोच्ने छ ।”  “तपाईहरू तलब खान योग्य हुनुहुन्छ ।” सेनाका परिवार र सेनाले कुनै चिन्ता लिनुपर्दैन, उनले भने।
 
शनिबारे विधेयक अनुमोदन भएको भए संघीय निकायहरूलाई उपलब्ध हुने खर्च एक महिनासम्मका लागि विस्तार गर्न बाटो खुल्नेमा विफल पारिएको थियो।उनले सरकार, रिपब्लिकन पार्टी र डेमोक्रेट्सबीच समस्या समाधान गर्न केही प्रगतिका सङ्केत देखा परेको उनको दावी छ । फेब्रुअरी १६ सम्म संघीय सरकारलाई खर्च उपलब्ध गराउने उक्त विधेयक पारित गर्न ६० मत आवश्यक थियो । तर आप्रवासन र सीमा सुरक्षाजस्ता विषयमा चर्को विवादबीच त्यो पारित हुन नसकेको हो ।
 
पूर्व राष्ट्रपति बाराक ओबामाको पालामा ल्याइएको कार्यक्रमअन्तर्गत केटाकेटी हुँदा अमेरिका छिरेका कागजातविहीन आप्रवासीहरूलाई फिर्ता नपठाइने प्रत्याभूति गर्नुपर्ने डेमोक्र्याटहरूको माग विवादको मुख्य विषय रहँदै आएको छ ।
 
खर्चसम्बन्धी विधेयक पारित गर्न विफल भएपछि राष्ट्रपति ट्रम्पको कार्यालयले डेमोक्र्याटहरूले राजनीतिक स्वार्थ हेरेका कारण पछिल्लो अवस्था निम्तिएको आरोप लगाएको छ । ह्वाइट हाउस र संसद्को दुवै सदनमा रिपब्लिकनहरूको नियन्त्रण रहँदासमेत यस्तो अवस्था देखिएको यो पहिलो घटना हो ।  –रासस/एपी 

तपाईंको बिचार