Tuesday, August 20, 2019

अमेरिकी बजेट विवादले नेपालको अमेरिकी पुस्तकालय बन्द

प्रकाशित मिति: 2018/01/22

काठमाडौं । अमेरिकी सरकारको बजेट पारित नहुँदाको असर नेपालस्थित अमेरिकी दुतावासमा समेत देखिएको छ । दूतावास पूर्ण रूपमा बन्द भइनसके पनि दूतावासले प्रवाह गर्दै आएका केही कार्य रोकिएको छ ।

काठमाडौंस्थित अमेरिकी दुतावासले ट्विटहरु गर्दै भिषाका लागि अन्तर्वार्ताहरु पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन हुने जनाएपनि अमेरिकी केन्द्रिय पुस्तकालय भने बन्द रहने जनाएको छ । अमेरिकी सिनेटले बजेट पारित नगरिदिँदा अमेरिकी सरकारले अत्यावश्यक सेवा बाहेकका कामहरु ठप्प भएका छन् ।

रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको आप्रवासी सम्बन्धी कडा कानुनको विरोध गर्दै डेमोक्र्याटहरुले बजेट रोकेका छन् । १०० सदस्यीय सिनेटमा डेमोक्र्याटको ५१ सीट रहेको छ । बजेट पारित गराउन ६० मत आवश्यक पर्छ । शुक्रबार मतदान हुँदा बजेट पारित गराउन पक्षमा ४९ र विपक्षमा ५० मत पारेको थियो । डेमोक्र्याटहरुले राष्ट्रपति ट्रम्पले ल्याएको आप्रवासी सम्बन्धी प्रवाधानमा खुकुलो बनाउन चाहेका छन ।

डेमोक्र्याटहरुले अमेरिकामा बालबालिकैमा आएका तर कुनै कागजात नभएका ७ लाखभन्दा बढी आप्रवासीलाई देश निकाला गर्नबाट रोक्नुपर्ने माग गर्दै आएका छन । उनीहरुले राष्ट्रपतिले यो विषयमा सम्झौता गरोस् भन्ने चाहेका छन । दुवै पक्षबीच अहिले आरोप–प्रत्यारोप चलेको छ ।

तपाईंको बिचार