Saturday, February 23, 2019

पाकिस्तानी प्रधानमन्त्री नेपाल आउने

प्रकाशित मिति: 2018/03/02

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शाहीद खाकान अब्बासी दुईदिने नेपाल भ्रमणमा आउन भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ बधार्इ दिनका लागि उनी नेपाल आउन लागेको बताइएको छ । 

काठमाडौँ स्थित पाकिस्तानी दुतावासले प्रधानमन्त्री नेपाल आउन लागेको पुष्टि गरेको छ। दुतावासका सञ्चार अधिकारीका अनुसार मिति तय नभएको जनाएको छ । दुतावासका अनुसार नेपालको तर्फबाट अनुमति आएपछि मिति सार्वजनिक हुने जनाएको छ । 
 
पाकिस्तानी प्रधानमन्त्रीले नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री ओलीसहित शीर्ष राजनीतिक नेतृत्वसँग भेट गर्ने बताइएको छ। 

भ्रमणका क्रममा सार्क शिखर सम्मेलनबारे छलफल हुने अनुमान गरिएको छ । नेपाल सार्कको अध्यक्ष राष्ट्र हो। सन् २०१६ मा पाकिस्तानमा हुने भनिएको शिखर सम्मेलन भारत सहभागि नहुने भएपछि स्थगित भएको छ। 

तपाईंको बिचार