Tuesday, August 20, 2019

अमेरिकी राष्ट्रपति ट्रम्प र कोरियाली नेता किमबीच सेन्तोषा टापुमा भेटवार्ता हुने

प्रकाशित मिति: 2018/06/06

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ ऊनबीच आगामी साता हुने भनिएको बहुप्रतिक्षित भेटवार्ता लागि स्थान तय  भएको छ ।  

ट्रम्प र किमबीचको भेट सिंगापुरको सेन्तोषा टापुमा हुने तय भएको ह्वाइट हाउसले पुष्टि गरेको हो । यसअघि सिंगापुरमा भेटवार्ता हुने बताएपनि सिंगापुरको कुन स्थानमा हुने भन्ने बारे पुष्टि गरिएको थिएन ।  भेटवार्ता आगामी १२ जुनमा हुने तय भएको छ । यद्यपी सो भेटमा छलफल हुने विषयहरु खुलाइएका छैनन् । 

अमेरिकी राष्ट्रपति ट्रम्पले  उत्तरसँग उपलब्धिमुलक  भेट हुने धारणा व्यक्त गर्नुभएको छ ।  राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच हुने भेटवार्तामा विभिन्न मुलुकले चासो देखाएका छन् । 

तपाईंको बिचार