Sunday, June 16, 2019

विश्वकप फुटबल कुन–कुन समयमा खेलिदैछ हेर्नुहोस्

प्रकाशित मिति: 2018/06/07

फुटबलको कुम्भ मेला ‘फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८’ आउँदो जेठ ३१ गतेबाट रसियामा सुरु हुँदैछ। ३२ टिमको सहभागिता रहने प्रतियोगिताका लागि सबै टिमले तयारी अन्तिम चरणमा पुर्‍याएका छन् ।

विश्वकपका लागि सबै देशले अन्तिम टिम घोषणा गरिसकेका छन् । टिमहरु रसिया पुग्ने क्रम पनि सुरु भइसकेको छ । रसियाका ११ सहरका १२ रंगशालामा हुने प्रतियोगितामा छनोट भएका ३२ टिमलाई ८ समूहमा विभाजन गरिएको छ। ३२ टिमबीच ६४ खेल हुनेछ। उद्घाटन खेलमा आयोजक रसिया र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुँदैछ।

हेर्नुहोस्, रसिया विश्वकपको नेपाली समयअनुसार खेल तालिका 

तपाईंको बिचार