Tuesday, August 20, 2019

जापानको सामुन्द्रिक टापु होन्सुमोमा भीषण वर्षपछि बाढीपहिरोका कारण ३८ जनाको मृत्यु

प्रकाशित मिति: 2018/07/08

जापान । जापानमा भीषण बर्षापछि आएको बाढीपहिरोका कारण ३८ जनाको मृत्यु भएको छ ।

सामुन्द्रिक टापु होन्सुमोमा भिषण बर्षाका कारण आएको आँधीहुरी, पहिरो र बाढीमा परि दर्जनौं मानिस बेपत्ता भएका छन् । जापानको मौसम विभागले सामुन्द्रिक टापु होन्सुमो क्षेत्रमा इतिहासकै भिषण बर्षा भएको जनाएको छ । भिषण बर्षाका कारण पश्चिमी शहर हिरोसीमा, टाकासीमा, यामागुची लगायत क्षेत्रका करीब १६ लाख मानिस प्रभावित भएका छन् ।

सो क्षेत्रमा करीब ४८ हजार सुरक्षाकर्मी, अग्नि नियन्त्रक तथा आत्मसुरक्षा दस्तालाई उद्दारमा खटाइएको जापान सरकारले जनाएको छ । त्यहावाट ३ लाख १० हजार मानिसलाई स्थानीय प्रशासनले सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ ।

राजधानी टोकियोबाट ६ सय किलोमिटर टाढाको शिकोकु टापुमा ५ सय ८३ मिलिमिटर बर्षा भएको छ । पूर्वी र पश्चिमी क्षेत्रमा भिषण बर्षाको जोखिम आइतबारसम्म जारी रहने मौसम विभागले जनाएको छ ।

तपाईंको बिचार