Saturday, February 16, 2019

मस्कोमा पर्यटकको घुँइचो, ६० लाखले भ्रमण गरे

प्रकाशित मिति: 2018/07/09


विश्वकप फुटबलको रौनकले अहिले रसिया पुरै छोपिएको छ । विश्वकप फुटबलमा अप्रत्यासित नतिजा एकातिर रहँदा रसियाले भने विश्वकपमा एक नयाँ कीर्तिमान कायम गरेको छ । त्यो हो सर्वाधिक धेरै पर्यटक रसिया पुगेका छन् ।
अहिलेसम्म ६० लाख भन्दा बढी पयर्टक भित्रिएको आयोजकले जनाएको छ । जसमा २९ लाख पर्यटकत मस्कोमा नै पुगेका छन् । रसियाले विश्वकपमा सोचे भन्दा बढी पयर्टक भित्रिएको जनाइएको छ । पछिल्ला समय पर्यटकहरु खेलसँगै रसिया भ्रमणमा मस्त छन् ।
रसियामा अहिले संसारभरको संस्कृत एकीकृत भइरहेको भन्दै रसियाले विश्वकपको यो महामेलामा रसिया पुग्ने सबै पर्यटकलाई बधाइ दिएको छ । साथै उसले पाहुनाहरुको भद्र व्यवाहारको समेत अपेक्षा गरेको छ । ठुलो मात्रामा रसिया पुगेका विभिन्न देशका समर्थकहरुले स्थानिय सम्पदामा आँच पु¥याएको समाचारहरु सार्वजानिक भएसँगै रसियाले सुरक्षामा व्पापक कडाइ गरेको छ ।
केहि दिन अघिमात्र रसियामा केहि इंग्लिस समर्थकले एक सालिकमा तोडफोड गरेको घटनापछि रसिया सचेत भएको हो । (एजेन्सी)  

 

 

तपाईंको बिचार